तीन हजार विद्यालय पुनःनिर्माण

तीन हजार विद्यालय पुनःनिर्माण

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, ९ वैशाख ।
सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र अबको कार्ययोजना’ अन्तरक्रियामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का योजना निर्देशक इमनारायण श्रेष्ठले तीन वर्षमा भूकम्पले क्षतिग्रस्त करिब नौ हजार विद्यालयमध्ये तीन हजार ६१३ मात्र निर्माण गर्न सकेको बताउनुभयो ।

प्राधिकरणले तीन वर्ष सरकार, गैरसरकारी संस्था (गैसस), निर्माण व्यवसायी र विद्यालय व्यवस्थापन समितिको सहयोगमा ती विद्यालय निर्माण गरिएको हो । भूकम्पबाट क्षतिग्रस्त विद्यायल रु एक खर्ब तीन अर्बको लागतमा पुनःनिर्माण गरिएको हो । भूकम्पबाट क्षति पुगेका अझै करिब पाँच हजार ३०० विद्यालय पुनःनिर्माण हुन बाँकी छ ।

भूकम्प प्रभावित ३२ जिल्लाका सात हजार ९२३ विद्यालय क्षतिग्रस्त भएका थिए । तीमध्ये २१ हजार १६९ कक्षाकोठामा पूर्ण र १५ हजार ९९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेका थियो । योजना निर्देशक श्रेष्ठका अनुसार एक हजार ७१९ विद्यालय निर्माणाधीन र ३२४ विद्यालय निर्माणको छनोट गरिएको छ ।

सरकारले विद्यालय व्यवस्थापन समिमिमार्फत दुई हजार ५६१, निर्माण व्यवसायीमार्फत दुई र गैरसरकारी संस्थामार्फत एक हजार ५० विद्यालय पुनःनिर्माण गरेको हो । केन्द्रीय कार्यान्वयन इकाई योजना निर्देशक श्रेष्ठले तोकिएको समयसीमाभित्र सम्पूर्ण विद्यालयको पुनःनिर्माण सम्भव नभएकाले समय बढाइएको बताउनुभयो ।

उहाँले भूकम्प गएको एक वर्षसम्म नीतिगत काम गर्नुपर्ने भएकाले अर्को वर्षबाट मात्र काम भएको बताउनुभयो । पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले विसं २०७६ असारसम्म चार हजार ६०० विद्यालय पुनःनिर्माण गरिसक्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले पुनःनिर्माणाको काम सुस्त गतिमा भएको स्वीकार गर्नुभयो । विद्यालयको जग्गा प्राप्ति दक्ष जनशक्ति नहँुदा समयमा नै विद्यालयको निर्माण गर्न नसकिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ