काठमाडाैंमै नक्कली बिलबुक बनाई यसरी बिक्रि गरिन्छ चाेरीकाे मोटरसाइकल, तीन जना पक्राउ

काठमाडाैंमै नक्कली बिलबुक बनाई यसरी बिक्रि गरिन्छ चाेरीकाे मोटरसाइकल, तीन जना पक्राउ

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ९ वैशाख ।
महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई आज पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल चोरी निकासी गरी नेपाल ल्याई नक्कली बिलबुक बनाएर बेच्ने गरेको बताएको छ ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले योञ्जन मुख्य एजेन्ट, नेपाली सहायक एजेन्ट र चौधरी ग्राहक खोजी बिक्री गर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।

उहाँले चोरी भएका १३ मोटरसाइकल बा ९१ प ९१९५, बा ९२ प ४६००, बा ९२ प ७२०९, बा ८४ प ५४८३, बा ९२ प ६१८६, बा ६९ प ९२२६, बा ५३ प ३२०४, लु ३९ प १२९४, लु ३९ प १७६६, लु ३८ प ७०६५, ना ५१ प ५८६४, बा ८५ प ६६४४ र बा ८६ प ९४१६ रहेको जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकलको साँचो छ थान, बिलबुक सात थान, मोबाइल दुई थान र नगद रु एक लाख ४२ हजार ३५० बरामद गरेको छ । उनीहरूलाई सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दा दर्ता गरी कारबाही गरिने परिसरले जनाएको छ ।

यसैगरी परिसरले प्रतिबन्धित लागुऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले लागुऔषध ओसारपसार गरेको भन्दै स्याङ्जाका रविन गुरुङ, सोलुखुम्बुका लाक्पा शेर्पा, पर्साका दीपुकुमार र सोही स्थानका राजु कुमारलाई शनिबार साँझ पक्राउ गरेको हो ।

उनीहरूसँग प्रहरीले डाइजेल्याव ५७६, फेनार्गन ५९० एम्पुल र नुर्फिन ५५६ एम्पुल बरामद गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ