९ बैशाख,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई प्रहरीले गिरफ्तार गरेर वेपत्ता बनाएकाे छ । प्रहरीले मोरङ सेक्रेटरी उदय राई ‘युगेन’ लाइ धरानबाट र पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय सदस्य धनबहादुर पुनलाई म्याग्दीको दरवाङबाट गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
पार्टी-संगठनको काममा रहेका दुबै नेतालाई अाइतबार फरक फरक ठाउँबाट प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला इन्चार्ज राईलाई वेपत्ता पारेको सुनसरी इन्चार्ज प्रज्जवले जानकारी दिए । राईलाई प्रहरीले धरानबाट माेरङ पुर्याएकाे तर त्यहाँबाट कहाँ लग्यो भन्ने केही जानकारी नभएको र हालसम्म सार्वजनिक नगरेकाे उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline