अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस,विभिन्‍न कार्यक्रम गरी मनाउँदै

अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस,विभिन्‍न कार्यक्रम गरी मनाउँदै

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

९ बैशाख,काठमाडौं । अाज भि. अाई. लेनिनको जन्म सन् १८७० अप्रिल २२ अर्थात अाजैको दिन भएको थियो । लेनिनकै नेतृत्वमा सन् १९१७ को अक्टोबर २५ मा रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भयो ।

रुसमा मजदुरहरुले सशस्त्र सहरी विद्रोह गरी जारको शासन कब्जा गरेर समाजवादी क्रान्ति सम्पन्न भएपछि यसको प्रभाव विश्वभर पर्‍यो । संघर्षरत कम्युनिस्टलाई यसले प्रेरणा थियो । त्यसको प्रत्यक्ष प्रभाव चीनमा पर्‍यो ।

रुसी समाजवादी क्रान्तिले संसारका श्रमजीवी वर्गको मुक्तिको ढोका खोलिदियो । अाधा विश्‍वमा समाजवाद स्थापना समेत भयो । तर लेनिनका उत्तराधिकारी स्टालिनको मृत्यु पछि ढल्यो ।

रुसमा समाजवादी क्रान्ति सम्पन्‍न भएको ठिक ३२ वर्षपछि अर्थात सन् १९४९ मा चीनमा जनयुद्धमार्फत जनवादी क्रान्ति सम्पन्न‍ भयो । माओको नेतृत्वमा दिर्घकालिन जनयुद्धमार्फत चीनमा नयाँ जनवादी सत्ता स्थापनाले पुँजिवादी र साम्राज्यवादीहरुलाई हैरानी भयो भने सर्वहार वर्गको मुक्तिको लहर नै चल्यो ।

यसको प्रभाव नेपालमा पनि पर्‍यो । सचेत युवाहरुले नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको पहल गरे । उनीहरुले चीनमा जनवादी क्रान्ति सम्पन्‍न भएकै वर्ष लेनिनको जन्म दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे । त्यसैले अाज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो ।

निरंकुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक जन–आन्दोलनका क्रममा २२ अप्रिल १९४९ को दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठले नेकपाको स्थापना गरेका थिए ।

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो । यसै पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिस्ट आन्दोलनको विकास भयो । पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद भन्ने उद्घोषका साथ नेकपाले जहानिया राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष गर्यो ।

नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी गरियो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो ।

त्यो अभियान अाजको दिनसम्म पनि जारी छ । अाज नेपालका कम्युनिस्टहरुले लेनिनको जन्म जयन्ती तथा स्थापना दिवस विभिन्‍न कार्यक्रम गरी मनाउँदै अाएका छन् ।

नेपालका कम्युनिस्टहरु विभिन्‍न समूहमा विभाजित भएपनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य अझै पूरा हुन सकेका छैनन् । अहिले पनि सरकार र सडक कम्युनिस्टकै कब्जामा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ