नेकपाले हुलाकबाट पठायाे जनप्रतिनिधिहरुलाई राजिनामा दिन चेतावनी पत्र, हुलाकी कार्यालयमा अाउँदा पनि अातंक

नेकपाले हुलाकबाट पठायाे जनप्रतिनिधिहरुलाई राजिनामा दिन चेतावनी पत्र, हुलाकी कार्यालयमा अाउँदा पनि अातंक

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

९ बैशाख,धनगढी । नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनपरिषद्ले डोटीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा दिन पत्र पठाएको छ ।  सेती-महाकाली स्वयत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद् डोटीका प्रमुख अर्जुनले हस्ताक्षर गरेको पत्र जिल्लाका ९ ओटै स्थानीय जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र पठाएको हो ।

जिल्लाका बोगटान गाउँपालिका बाहेक अन्य सबैमा हुलाकबाट पत्र पठाइएको प्रमुख अर्जुनले जानकारी दिए । जनप्रतिनिधिहरु जनताको सेवा गर्न छोडेर भ्रष्टाचारमा लिप्त भएको जनपरिषद्ले पत्रमा उल्लेख गरेको छ । जनप्रतिनिधिहरुले दलाल व्यवस्थालाई सहयोग गरेको भन्दै तत्काल राजिनामा गर्न अपील गरेको छ ।

केअाइ सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको नाममा हुलाकबाट पठाएको पत्र कार्यालयमा पुगेको एक कर्मचारीले बताए । हुलाकबाट पठाएको पत्र खोलेर हेर्दा राजिनामा मागिएको भएपछि खैलाबैला मच्चिएको थियो । जिल्लाका सबै स्थानीय तहमा हुलाकी अाएपनि अातंक सिर्जना भएको छ ।

जनपरिषद्ले राजिनामा नगरे हुने कारवाहीको भागिदार बन्‍नु पर्ने चेतावनी समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ