आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने: कस्ले हेर्न मिल्छ-कल्ले मिल्दैन ?

आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने: कस्ले हेर्न मिल्छ-कल्ले मिल्दैन ?

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, वैशाख ९ ।

नेपाली आकाशमा आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न/देख्न सकिनेछ ।

वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् ।

खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा यो उल्का वर्षा देखिने गरेको उहाँले बताउनुभयो । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४ सय १५ वर्ष लगाउँछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौँ किलो मिटरसम्म फैलिन सक्छन् ।

यसरी फैलिएका ध’लाका कणहरुले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा यो भन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने  गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ