मनोज पुनका सहयोगीसँग अाफ्नाे नाम मिल्दा माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाव !

मनोज पुनका सहयोगीसँग अाफ्नाे नाम मिल्दा माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाव !

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

वैशाख ८, काठमाडौँ | बुटवलमा मनोज पुन मारिएपछि अनुसन्धानको क्रममा प्रहरीले युवासंघ र माओवादी नेताकै संलग्नता रहेको पत्ता लगाएको छ तर उक्त घटनामा संलग्न व्यक्तिको नाम एकै हुँदा माओवादी नेता तथा पुर्व अखिल क्रान्तिकारी अध्यक्ष लेखनाथ न्यौपानेलाई तनाब बनाएको छ |

नाम एकै परेको र माओवादी केन्द्रीय सदस्य भन्दै समाचार आएपछी धेरै युवामा परिचित बनेका माओवादी नेता लेखनाथ न्यौपानेलाई तनाब भएको हो | यस बिषयमा धेरै झुक्किएका पनि छन् |

माथिको तश्विरमा बुटवल घटनामा संलग्न भएका भनिएका लेखनाथ न्यौपाने तलको तश्विरका लेखक न्यौपाने भने होइनन् | माथिका लेखनाथ न्यौपाने मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका मध्ये एक हुन् | माथिका लेखनाथ न्यौपाने नेकपा माओवादीका कार्यकर्ता भएकाले केहि अनलाइनले माओवादी नेता भनेर सम्वोधन गरेका छन् ।

यस विषयमा स्पष्ट पार्न माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमै स्टाटस राख्नुपरेको छ | लेखनाथ न्यौपाने अनेरास्ववीयु(क्रान्तिकारी)का भुतपूर्व अध्यक्ष हुन्। हर्मी ९, भण्डारी गाउँ, गोरखामा जन्मिएका न्यौपाने लेखकको परिचयले पनि चिनिन्छन् | त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नाकोत्तर पढेका न्यौपाने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सचिवालय सदस्य हुन् |

पछिल्लो समय आफ्नो नामसँग मिल्ने नामका व्यक्ति प्रहरीले सार्वजनिक गरेपछि धेरैजना झुक्किएपछि लेखनाथ न्यौपानेले स्पष्टिकरण दिदै आफू पक्राउ नपरेको स्पष्ट पारेका छन् |

लेखनाथ न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन् –

@एउटै नामका मान्छे धेरै हुन सक्छन् तर ठेगाना, पेशा र जिम्मेदारी फरक फरक हुन्छ, होइन र ?

#गोरखा हर्मी स्थाइ ठेगाना भएको र हाल टोखा नपा वडा नं ११ काठमाडौंमा डेरा गरी बस्ने #अखिल (क्रान्तिकारी) को पूर्व अध्यक्ष #हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य #म लेखनाथ न्यौपाने गिरफ्तार नभएको #वुटवलतिर पक्राउ परेको व्यक्तिको नाउँ मात्र मेरो नामसँग मिल्न गएको जानकारी गराउँछु |

तर केहि अनलाइनमा भने अखिल क्रान्तिकारी पुर्व अध्यक्ष समेत लेखेर समाचारहरु आएका छन् |

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ