काठमाण्डौ, ८ वैशाख ।
स्थानिय, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएर निर्वाचित भएका तिमिल्सिना जनप्रतिनिधिहरुले कुनै दलको झण्डा बोकेर हिड्दैमा तिमिल्सिना वंशजको उत्थान हुन नसक्ने बताएका छन् ।
नेपालभरी छरिएर रहेका तिमिल्सिनाहरुको साझा संगठन तिमिल्सिना समाज नेपालको शुभकामना आदान प्रदान तथा भितेपात्रो बिमोचन एवं सम्मान कार्यक्रम सहभागी जनप्रतिनिधिहरुले मुलुकको सम्बृद्धिका लागि राजनिति र बिभिन्न पेशा ब्याववसायमा रहेका सबै बन्धुहरुले वंशजको शिर उचो हुनेगरी जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।
नेशनल ल कलेज , सानेपा हाईटमा सम्पन्न भएको कार्यक्रममा समाजको बार्षिक क्यालेण्डर बिमोचन गरिनुका साथै स्थानिय तहमा निर्वा्चित तिमिल्सिना जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानि हुनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि शर्मा तिमिल्सिना , बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमिल्सिना, गोदावारी नगरपालीका वडा न. ७ का वडाध्यक्ष गिरिप्रसाद तिमल्सिना रहेका छन ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले समान बाट सम्मानित हुन पाउदा खुसी ब्यतm गर्दे समाजप्रति थप जिम्मेवार रहनुका साथौ तिमिल्सिना समाज एवं समग्र तिमिल्सिना बन्धुहरुको बिकाश लागी आफु प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले बिभिन्न तहमा निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरुले आफ्नै जाति भित्र मात्रै नरहेर समग्र समाज र राष्ट्रको विकासमा जुट्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, जुन पेशा , व्यावसायमा आबद्ध भएका छौ त्यसैमा निरन्तर लाग्नुपर्छ र यो समाजले पनि तिमिल्सिना हरुका लागि मात्र नभएर सबैका लागी उदाहरणीय काम गरेर देखाउनुपर्छ ।
समाजले बिभिन्न खालका सामाजिक गतिबिधहरु अगाडी बढाउनु पर्नेमा जोड दिदै एम्बुलेन्स , रतदान , छात्रबृद्धी जस्ता कार्यहरुको थालनी गर्ने समाजलाई आग्रह समेत गर्नुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पि शर्मा तिमिल्सिनाले मुलुकलाई परिवर्तन गर्न गाँउबाट सुरु गर्नुपर्ने भन्दै नमोबुद्ध नगरपालीकाबाट नै उक्त कुरालाई प्रमाणित गरेर तिमिल्सिनाले पाएको जिम्मेवारी इमान्दार भएर पुरा गर्छन् भन्ने देखाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले सबैको सहयोगमा आफुले जावलाखेलमा रहेको स्टाफ कलेजलाई नमोबुद्ध नगरपालीकामा सार्न लागीएको पनि जानकारी दिनुभयो ।

यस्तै ढुङखर्कको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले पार्टीको झण्डा बोक्ने र आशिर्वाद थापेको भरमा तिमिल्सिना बंशजको उत्थान नहुने बताउनु भयो । त्यसको लागि सबै तिमिल्सिनाहरु एक भएर अघि बढ्न पर्नेमा जोड दिनुभयो ।
उहाँले सबृद्ध बेथान सवल बेथान बनाएर आफुले सबै तिमिल्सिनाहरुको नाम नुमुनाको रुपमा प्रस्तुत गर्ने भन्दै त्यसका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यसै गरि समाजका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिनाले नेपालभर छरिएर रहेका बिभिन्न पेशा एवं तहका बन्धुहरुलाई समाजमा गोलबन्ध गराउदै , बन्धुत्व प्रकाशन एवं रचनात्मक कार्यहरु अगाडी बढाउदै लैजाने बताउनु भयो ।

उहाँलेले समाज सबै तिमिल्सिना दाजुभाईहरुको साझा सस्था भएकाले यसमा रहेर कसैले राजनिति नगर्ने बताउनु भयो ।
कार्यक्रममा समाजका संरक्षक , सल्लाहकार , प्रदेश संयोजक , जिल्ला कार्यसमितिका पदाधिकारी , एवं पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।