आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गर्ने

आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गर्ने

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

धरान , ९ वैशाख ।
एक नं प्रदेशका सामाजिक बिकासमन्त्री जिवन घिमिरेले आगामी २ बर्षभित्रमा १ नं प्रदेशलाई पुर्ण साक्षर प्रदेश घोषणा गरी छाडने बताउनुभएको छ ।

कोईकाको आर्थिक सहयोग नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगत शिक्षा बिकास समन्वय ईकाईको सहकार्य युनेस्को,यु एन ए पी ए, यु एन वुमन र सामुदयिक रेडियो गाण्तन्त्र एफ एम ९५.१ मेघाहर्जले बिद्यार्थी भर्ना अभियान २०७५ बिषयक रेडियो बहस कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनुभएको हो ।

उहाले एक नं प्रदेशमा आफना आफना कलस्टरमा बिशोष प्रकारको बिशेषता भएको जानकारी दिनुहुदै सम्पुर्ण अल्पसंख्यक समुदायका केटकेटीहरुलई यस शैक्षिक सत्रमा बिद्यालयक भर्ना गराई छाडने र बिद्यालयमा टीकाई रहन बिशेष कार्यक्रम ल्याइएको समेत जानकारी दिनुभयो ।

बिद्यार्थी भर्ना अभियान कार्यक्रमलाई एउटा उत्सवको रुपमा लिएको जानकारी गराउनुहुदै उहाले राजनितिक दल,पत्रकार,नागरिक समाज,समाजका अगुवा ब्यक्तित्व,स्थानीय सरकार ,वडा कार्यलय, र सचेत नागरिकहरुलाई बिद्यार्थी भर्ना अभियान कार्यक्रमा सहभागी भई बिद्यार्थी भर्ना गराउन आग्रह समेत गर्नुभयो ।

उहाले कोही कतै काही बिद्यालयमा बिद्यार्थी भर्ना अभियानबाट छुटेको भए त्यसको जानकारी दिनुहुन आग्रह गर्नुभयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै शिक्षा बिकास समन्वय ईकाईका प्रमुख जय प्रसाद महतले बैशाख ३ गतेबाट बिद्यार्थी भर्ना अभियान सुरु भएको जानकारी गराउदै बिद्यालय,श्रोत केन्द्र,स्थानीय सरकार र वडा कार्यलयहरुलाई पत्रचार गरीएको जानकारी गराउनुभयो ।

शिक्षा बिद टंक न्यौपानेले प्रदेश सरकारले निति र स्थानीय सरकारले कार्यन्वयन गर्नुपर्ने संबिधानमा ब्यवस्था गरेको बताउदै बिद्यालय भर्ना अभियानलाई स्थानीय सरकारले वडा कार्यलय मार्फत कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य ,शिक्षा,र रोजगार मौलिक हकका रुपमा रहेको धारण राख्दै वहाले अव कहि कतै कसैले पनि कुनै पनि भुल नगरिकन बिद्यार्थी भर्ना अभियानमा सरिक भई बिद्यार्थीलाई कक्षामा टिकाई उनीहरुको ज्ञान सिपलाई अन्र्तरिष्ट्रय श्रम बजार सम्म बिकाउनका लागी सामुदायिक बिद्यालयको ब्यवस्थापन र शिक्षण गुणस्तरमा सरोकारबाला निकाय चनाखो भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

निति नियमभन्दा पनि सामुदयिक बिद्यालयको ब्यवस्थापन र शैक्षिक गुणस्तर सुधार गरे मात्र पनि सामुदायिक बिद्यालयमा अभिभावकको आर्कषण समेत बढने भनाई राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष अमर खडकाले सामुदायिक बिद्यालयमा तालिम प्राप्त परिपक्क शिक्षक भएपनि सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कनुमा जिम्मेवार निकाय नै दोषी भएको जानकारी गराउदै २०७५ सालको बिद्यार्थी भर्ना अभियानलाई शसक्त्त रुपमा अगाडि बढाउन सबै पत्रकारहरुले यसलाई साथ दिने धराणा राख्नुभयो ।

बिद्यार्थी भर्ना अभियान सबैको दायित्व भएको जानकारी दिदै हामी सबैकौ ईच्छा अनिवार्य निशुल्क आधारभुत शिक्षा भन्ने सरकारको उदेश्यलाई पुरा गराउन एक नं प्रदेशबासी सम्पुर्ण पत्रकारहरु मिडिया हाउस, सरोकारबाला लाग्न आह्वान समेत गर्नुभयो ।
धरान श्रँेत केन्द्रका श्रोत ब्यक्ति खेम चन्द्र सुबेदीले शिक्षा बिकास समन्वय ईकाईबाट भएका निर्देशनलाई अगाडी बढाई बिद्यायमा बिद्यार्थी भर्ना अभियानलाई अघि बढाउन बिद्यालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो ।

किरातेश्वर माध्यमिक बिद्यालयका प्रधानाध्यापक योगेन्द्र पालुङवाले सरकारले बिद्यालय सञ्चालन गर्न अनुमति दिने तर बिद्यालयमा शिक्षक कर्मचारीको दरबन्दी प्रयाप्त नदिएकै कारणले सामुदायिक बिद्यालयको स्तर खस्किको जानकारी गराउनदै बिद्यार्थी भर्ना अभियान सञ्चालन गरिररहेको जानकारी दिनुभयो ।
उहाले तत्काल सामुदायिक बिद्यालयामा प्रयात्प दरबन्दी कायम गरे शैक्षिक गुणस्तरमा कसैले पनि कमजोरी औल्याउन नसक्ने धराण समेत राखनुभयो ।

धरान उपमहानगरपालिका शिक्षा समितीका अध्यक्ष शंकर घिमिरेले सामुदायिक बिद्यालयको शैक्षिक स्तर खस्केको स्वीकार गर्दै यस बर्षके बिद्यार्थी भना अभियानमा सबै बिद्यार्थी बिद्यालयमा ल्याउने प्रतिब्द्धत्ाँ जनाउानुभयो ।

उहाले सबै आम नागरिकहरुलाई आफना नानी बाबुहरुलाई बिद्यालय भर्ना अभियानमा सरिक गराउन आह्बान समेत गर्नुभयो ।

शिक्षिका बसन्ती थेबेले सामुदायिक बिद्यालयका शिक्ष्कहरु मेहनेती भएपनि सामुदायिक बिद्यालयका अभिभावकहरु गरीबिका रेखामुनि रहेका कारणले बिद्यार्थीहरु स्कुल आउदा भोकभोकै आउने भएकौ कारणले शैक्षिक गुणस्तर राम्रो नभएको धराणा राख्नुभयो ।

उहाले सबै बिद्यालयमा खाजा कार्यक्रम लागु गरि बिद्यालयलाई प्रयाप्त दरबन्दी दिने हो भने संस्थगत भन्दा सामुदायिक बिद्यालय कम नहुने धराण राखनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ