‘मेयर साब’ भन्दै बोलाएर मध्यपुर थिमीका नगर प्रमूखमाथि आक्रमण

‘मेयर साब’ भन्दै बोलाएर मध्यपुर थिमीका नगर प्रमूखमाथि आक्रमण

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भक्तपुर, वैशाख ८।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ सांघातिक आक्रमण भएको छ ।

साँझ ६ बजे आफ्नै घरभित्र प्रवेश गर्दै गर्दा मेयर श्रेष्ठमाथि नचिनेका व्यक्तिले रडले हानेका हुन् । घरको ढोकाबाट भित्रै छिदै गर्दा ‘मेयर साब’ भन्दै बोलाएका ती व्यक्तिले एकाएक फलामको रडले हान्न थालेपछि मेयर श्रेष्ठले नजिकै रहेको मोबाइल पसलमा पसेर ज्यान जोगाउनुभएको मोबाइल पसलकी सञ्चालिका सुशीला लम्सालले बताउनुभयो । घाइते श्रेष्ठको अहिले मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।

मेयरमाथि आक्रमण गरेपछि ती व्यक्तिले मेयरको बा ८ च ८७२० नम्बरको निजी गाडी तोडफोड गर्दै पूर्ण रुपमा क्षति पुर्याएका छन् । आक्रमणकारीको खोजी भैरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक प्रज्ज्वल महर्जनले उज्यालोलाई बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ