मिसाइल परीक्षण बन्द गर्ने किमको ‘आश्चर्यजनक’ घोषणापछि यस्ताे छ अमेरिका र चीनकाे प्रतिकृया

मिसाइल परीक्षण बन्द गर्ने किमको ‘आश्चर्यजनक’ घोषणापछि यस्ताे छ अमेरिका र चीनकाे प्रतिकृया

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी, वैशाख ८ । सबै प्रकारका मिसाइल परीक्षण स्थगित गर्ने र परमाणु परीक्षण क्षेत्र बन्द गर्ने उत्तर कोरियाका नेता किम जोङ उनकाे घोषणा पछि िवश्गव जगत नै अाश्रर्यचिकत भएकाे छ ।

विश्व समुदायकाे पटक पटककाे धम्किका बाबजुत मिसाइल परिक्षण जारी राखेकेा उत्तर काेरीयाले अचानक उक्त कार्य बन्द गर्ने घाेषणा गरेकाे हाे ।

उत्तर कोरियाको सरकारी सन्चारमाध्यमले अप्रिल २१ देखि परमाणु, मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने निर्णय गरेको जनाएको छ ।

दक्षिण कोरियासँग ऐतिहासिक वार्ताको तयारी गरिरहेका बेला उत्तर कोरियाले यस्तो आश्चर्यजनक घोषणा गरेको हो ।

उत्तरको घोषणालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उत्तर कोरिया र विश्वका लागि नै राम्रो खबर भन्दै यो ठूलो प्रगति भएको ट्वीटरमा उल्लेख गरेका छन् ।

दक्षिण कोरियाका राष्ट्रपतिका प्रवक्ताले उत्तरको कदमलाई अर्थपूर्ण प्रगति भएको बताएका छन् ।

उत्तर कोरियाको प्रमुख सहयोगी चीनले उत्तरको घोषणाको स्वागत गर्दै यसले कोरियाली प्रायद्वीपको अवस्था सुधारमा सहयोग पुग्ने जनाएको छ ।

उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग अर्को हप्ता र अमेरिकी राष्ट्रपति ट्रम्पसँग आगामी जुनमा शिखर वार्ता गर्दैछन् ।

अमेरिका र दक्षिण कोरिया दुवैले निःशस्त्रीकरणका लागि उत्तरलाई दबाब दिइरहेका छन् ।

उत्तर कोरियाको विगतको शृंखलाबद्ध परमाणु कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले कडाले प्रतिबन्ध लगाएका छन् । (एजेन्सी)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ