एमाले र माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गरेका छन्: केशव बडाल

एमाले र माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गरेका छन्: केशव बडाल

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं, वैशाख ८।

नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ  ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भन्नुभयो, ‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु।’

साक्षात्कारमा बोल्दै एमाले नेता बडालले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाउनुभयो ।

वैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिए पनि त्यो सम्भावना नरहेको उहाँको भनाई थियो । यद्धपि भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी बडालले दिनुभयो ।

एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०-५० को कुरा गर्नुभएको छ नि ? तपार्इँहरु के गर्नुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भन्नुभयो, ‘पार्टी एकता र मोर्चा एउटै कुरा होईन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको बारेमा टिकाटिप्पणी गर्नु हतारो हुने भए पनि सरकारले हतार गरेर अघि बढेको आरोप लगाउनुभयो । लेखकले भन्नुभयो, ‘वर्तमान सरकार केही गर्न नसक्ने मनोविज्ञानका साथ पूर्व तयारी गरिरहेको छ ।’

कांग्रेस नेता लेखकले भन्नुभयो, ‘सरकार अहिले जुन हतार गरेर अघि बढेको छ, यो राम्रो भएन्, सरकारले हतार गरेर राष्ट्रपतिलाई ठिक-बेठिक प्रक्रियामा सलंग्न गराएको थियो, अब अर्थमन्त्रीले जारी गरेको स्वेतपत्रकै कुरा गर्नुहुन्छ भने उहाँले राज्यको ढुकुटी रित्तियो भन्नुभयो, तर अहिले पनि पुँजीगत खर्च डेढ खर्ब छ, यो तीन महिनाभित्र प्रति दिन १३ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ भनेर कान्तिपुर पत्रिकाले तथ्यसहित समाचार प्रकाशन गरेको छ, कान्तिपुरको समाचार सत्य हो कि अर्थमन्त्रीको स्वतेपत्र ?, हो, यही हो सरकारको हतारो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ