डोटीमा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कैलाली, वैशाख ८ । डोटीको शिखर नगरपालिका–३, छाइपानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग१ज ५२७५ नम्बरको जिप दुर्घटनामा परेर अरु ६ जनाभन्दा बढी घाइते छन् ।

मृत्यु हुनेमा शिखर नगरपालिका–३, जोरागाउँका १४ वर्षीय सुरेश भुल र सोही ठाउँकी खिन्तुरी भुल रहेका छन् ।

मृतक दुईजनाको भने सनाखत हुन सकेको छैन ।

घटनास्थलमा स्थानीयहरुले उद्धार गरिरहेका छन् । प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।

स्थानीयकाअनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनास्थल डोटी सदरमुकामबाट करिब २५ किलोमिटर टाढा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ