उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने, यस्तो छ कारण

उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने, यस्तो छ कारण

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौ ८ वैशाख ।
उत्तर कोरियाले परमाणु परीक्षण रोक्ने भएको छ । उत्तर कोरीयाली नेता किम जोन उनले अब थप परमाणु परीक्षण आवश्यक नरहेकाले परमाणु मिसाइल र अन्तरमहाद्धिप ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने बताएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बैठकपछि यस्तो निर्णय भएको खबरमा उल्लेख छ । परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएका कारण उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले अन्तर्रा्ष्ट्रिय प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाले गएको नोभेम्बरमा अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दावी गरेको थियो ।

परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेट्सले कडा निन्दा गर्दै उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय समुदायको अपमान गरेको प्रतिक्रिया दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ