फेसबुकबाट सुरु भएको प्रेमको विश्वास गर्दा…..

फेसबुकबाट सुरु भएको प्रेमको विश्वास गर्दा…..

  • शुक्रबार, बैशाख ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, वैशाख ७ । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् ।

काठमाडौं, वैशाख ७ । दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोहलपुरका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन् ।

फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो । तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे ।

तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चोरहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो । फेसबुक र फोनमै सँगै जिउने र मर्ने कसम खाइसकेकाले त्यही राति उनीहरु भागेर सुर्खेत आइपुगे ।

१० दिन सुर्खेत र नेपालगञ्जका होटलमा बिताएपछि उनीहरु भारतको गुजरात पुगे । तिवारीले युवतीसँग चिनजान हुँदै आफू ‘भारतीय प्रहरी’ को जागिरे रहेको बताउने गरेका थिए । गुजरात पुग्दासम्म तिवारीसँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन ।
जब युवती गुजरात पुगिन्, उनका कहालीलाग्दा दिन सुरु भए । गुजरात पुर्‍याएकै दिन रातिबाट उनीमाथि सामूहिक बलात्कार हुन थाल्यो । ‘होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो,’ युवतीले भनिन्, ‘चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे ।’

युवतीका अनुसार दैनिक तीनदेखि ६ जनासम्म युवक आउँथे । बलात्कार गरेर जान्थे ।

फागुन १५ देखि चैत २० सम्मका दिन उनका लागि जीवनकै कहालीलाग्दा भए ।

चैत २१ गते उनी होटल संचालकको सहयोगमा नेपालीको सम्पर्कमा पुगिन् । उनीहरुकै सहयोगमा नेपालसम्म आइपुगेकी युवतीले चैत २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मानव बेचबिखन र जबर्जस्ती करणीमा उजुरी दिइन् ।

युवतीलाई पछ्याउँदै आएका तिवारीलाई प्रहरीले वैशाख २ गते पक्राउ गर्‍यो । प्रहरी अनुसन्धानबाट उनले यसअघि तीनवटा विवाह गरिसकेको खुलेको छ । –नागरिक दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ