हराएका,चोरी भएका राहदानीहरुको प्रयोगबाट हुने अन्तरदेशीय अपराध रोक्न विमानस्थलमा ‘अप्रेशन मन्डला’

हराएका,चोरी भएका राहदानीहरुको प्रयोगबाट हुने अन्तरदेशीय अपराध रोक्न विमानस्थलमा ‘अप्रेशन मन्डला’

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

६ बैशाख, काठमाडौं ।

अन्तरदेशीय अपराधको रोमथाम गर्नलाई प्रहरीले इन्टरपोल र अध्यागमन विभागको सहभागीतामा आजदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अप्रेशन मन्डला सुरु गरेको छ ।

दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका विभिन्न ८ देशहरुमा हराएका तथा चोरी भएका राहदानीहरुको प्रयोगबाट अन्तराष्ट्रिय रुपमा हुने संगठित अपराध, मानव तस्करी तथा आतंककारी रुपमा हुने अपराध रोक्ने अप्रेशन थालिएको हो ।

अप्रेशन अन्तरगत इन्टरपोलबाट प्राप्त सूचनाको प्रयोग गरी आवागमन तथा बर्हिगमन हुने व्यक्तिहरुको अभिलेख जाँच गरिने प्रहरीले जनाएको छ ।

अप्रेशनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया र प्रहरी उपरीक्षक प्रेम चन्दले शुभारम्भ गर्नुभयो ।

यो अप्रेशन अध्यागमन कार्यालय, बेलहिया रुपन्देहीमा पनि थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ