नेकपाका केन्द्रिय नेता सहित चार जना गिरफ्तार

नेकपाका केन्द्रिय नेता सहित चार जना गिरफ्तार

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ ६ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहसहित चार जना नेतालाई आज बिहान प्रहरीले गिरफ्तार गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष शाहसहित नेकपाका केन्द्रिय सल्लाहकार समिति सदस्य राम लखन महत्तो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवार धनुषाका अध्यक्ष यादव कवारीलाई गिरफ्तार गरेको छ ।

आज बिहान करिब ८ बजे पूर्व सभासद समेत रहनु भएका केन्द्रीय सल्लाहकार राम लखन महत्तोको महेन्द्रनगर बजारस्थित घरबाट गिरफ्तार गरेको हो ।

पार्टी संगठनको विशेष कामले भेला भइरहेका समय नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

यसैबीच पूर्वी कमान्ड इन्चार्ज विरहीले विज्ञप्ति जारी गरी पक्राउ परेका नेता कार्यकतालाई बिना सर्त रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ