नेपाल-चीन जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति, परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

नेपाल-चीन जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति, परराष्ट्रमन्त्रीस्तरीय वार्तामा के भयो ?

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

नेपाल र चीन महत्वकांक्षी परियोजना वान बेल्ट वान रोडमार्फत क्रस-हिमालय कनेक्भिभिटी नेकवर्क अघि बढाउन सहमत भएका छन् । चीनले यसमा सहभागी हुने अर्को छिमेकी भारतलाई पनि आहृवान गरेको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार बेइजिङमा भएको वार्तामा ओबरमा पर्ने परियोजनाको सूची सार्वजनिक गर्ने सहमति पनि भएको छ । परियोजना छनोट गर्न तथा चिनियाँ सरकारको सहयोगमा बन्ने परियोजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संयन्त्र निर्माण गर्ने सहमति भएको छ ।

भेटपछि चिनियाँ विदेशमन्त्री वाङले भने, ‘हामीलाई विश्वास छ जब यो बन्छ, यसले चीन, नेपाल र भारतबीच आर्थिक करिडोरका लागि वातावरण बनाउँछ ।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमन्डलस्तरीय वार्तामा दुवै देशका मन्त्री आपसी सम्बन्ध अतिआत्मिय रहेकामा प्रशन्नता प्रकट गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालका बेला तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणकाक्रममा भएका सम्झौतासहित विगतमा नेपाल र चीनबीच भएका सबै सम्झौता तथा समझदारीलाई तीव्रगतिमा कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी, चीन सरकारको सहयोगमा सन्चालित परियोजनाको प्रभावकारी कार्यान्वयन एवं सहजीकरणका लागि समन्वय तथा कार्यान्वयन संयन्त्र गठन गर्ने सहमति भएको छ ।

भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल, व्यापार, पर्यटन तथा जनता–जनताबीचको सम्बन्ध विस्तारलाई मूर्तरुप दिन चीनले अघि सारेको एक क्षेत्र एक मार्ग प्रयास (बीआरआइ)बाट सम्भव हुनेमा दुवै देशका परराष्ट्रमन्त्रीले समान धारणा व्यक्त गरेका छन् ।

बीआरआइअन्तर्गत्का सहायता परियोजना चयन गर्न पनि दुवै देश सहमत भएका छन् ।

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन तथा विस्तृत् परियोजना प्रतिवेदन तयारीबारे पनि दुवै देशबीच गहन छलफल भएको उक्त दूतावासले जनाएको छ ।

दुईपक्षीय संयन्त्रका बैठक नियमितरुपमा आयोजना गर्न तथा सम्झौता वार्तालाई निरन्तरता दिन पनि दुवै देशले सहमति जनाएका छन् ।

वार्तामा मन्त्री ज्ञवालीले भविष्यमा नेपाल र चीनबीच थप सीमानाका खोल्नुपर्ने तथा रसुवागढी र तातोपानी नाकाको स्तरोन्नतिमा जोड दिएका थिए ।

साथै, उनीहरुबीच तातोपानी नाका शीघ्र सन्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

मन्त्री ज्ञवालीले नेपालको चीनतर्फको व्यापार बढोत्तरी तथा बढ्दो व्यापार असन्तुलन घटाउन गरेको आग्रहलाई सकारात्मकरुपमा ग्रहण गर्दै चीनका विदेशमन्त्री वाङले नेपाली उत्पादनलाई चिनियाँ बजारमा सहज पहुँच उपलब्ध गराउने आश्वासन दिनुका साथै चीनले अवलम्बन गरेका सुधार तथा खुला व्यापारका नीतिबाट फाइदा दिन आह्वान गरे ।

सम्झौता कार्यान्वयनको समिक्षा

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार भेटमा मार्च २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमति कार्यान्वयनमा भएको प्रगतिको समिक्षा भएको छ ।

‘हामीले पारवहन सम्झौताबारे विमर्श गर्‍यौं र आगामी दिनमा यसलाई अन्तिम रुप दिन छलफल अझ तीव्र बनाउन सहमत भयौं’ उनले भने, ‘चीनसँगको व्यापार घाटा कम गर्ने सहयोगी उपाय अपनाउन विदेशमन्त्री वाङसँग आग्रह गरेँ ।’

नेपालले तातोपानी नाका खोल्ने र अरु नाकाहरु स्तरोन्नतीबारे कुरा उठाएको छ । अहिलेका सीमा नाकाहरुस्तरोन्नति गर्न दुबै पक्ष सहमत भएको मन्त्री ज्ञवालीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगतै बेइजिङ पुगेका ज्ञवालीले उपराष्ट्रपतिलाई पनि भेटेका छन् । उनले ओलीको चीन भ्रमणका साथै चिनियाँ राष्ट्रपति शी जिनपिङलाई पनि नेपाल भ्रमणका लागि परामर्श गर्नेछन् ।

उच्चस्तरीय भ्रमण र स्थापित संयन्त्रहरुबीच नियमित बैठकलाई निरन्तरता दिने सहमति भएको ज्ञवालीले बताए । उनले चिनियाँ समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ