पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष, नेकपाका जनवर्गीय संगठनहरु सडकमा

पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष, नेकपाका जनवर्गीय संगठनहरु सडकमा

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

५ बैशाख,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्यवृद्धि बिरुद्ध संघर्षको उदघोष गरेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठनहरु सडकमा निस्केका छन् । बुधबार काठमाडौंको रत्नपार्कमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनलाई देशव्यापी बनाउने बताइएको छ ।

दैनिक उपभोग्य र सेवामा कृतिम अभाव सिर्जना गर्दासमेत सरकार नियन्त्रण गर्नुको साटो पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेर जनविरोधी काम गरेको भन्दै उनीहरु संयुक्त सडकमा निस्केका हुन् ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) की अध्यक्ष सविता सिंह, योङ रेड फोर्स, नेपालका अध्यक्ष बाबुराम राई, अखिल क्रान्तिाकरीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यालय सदस्य गोकुल दाहाल, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर पेट्रोलिय पदार्थको मूल्यवृद्धिविरुद्ध विरोध गरेका छन् ।

उनीहरु वामपन्थी सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको बताउँदै जनजीवनमा नकारात्मक असर पारेको बताएका छन् ।

 

यस्तो छ विज्ञप्ति

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ