नेप्सेमा ३२ अंकको वृद्धि

नेप्सेमा ३२ अंकको वृद्धि

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ५ वैशाख

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३१.८३ वृद्धि भई कारोबारमा व्यापकता आएको छ ।

दोहोरो अंकको वृद्धिसहित रु एक अर्ब १२ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेकाअनुसार १० वटै उपसमूहमा कारोबार रकम अधिकरुपमा बढेको छ । आज १६५ कम्पनीमध्ये १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

हाइड्रोपावर उपसमूहमा सबैभन्दा बढी प्रतिशत अर्थात् ६.९२ प्रतिशतको बढेको छ । विकास बैंक ४.२३, बैंकिङ २.८६, व्यापार २.१५, फाइनान्स २.०४, होटल, उत्पादन र अन्य उपसमूह १ प्रतिशतले बढेको छ भने बीमामा सबैभन्दा कम ०.९२ प्रतिशतले मात्र बढेको छ ।

बीमा रु ३९ करोड ३४ लाख, बैंक ३० करोड २३ लाख, लघुवित्त १५ करोड ७२ लाख तथा जलविद्युत् उपसमूहको १० करोड भन्दाको शेयर कारोबार भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी