युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ५ वैशाख । 

युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।

संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो ।

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश नं ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उहाँले जानकारी गराउनुभयो ।

विसं २०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आउनुभएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ ।

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिनुभएको छ ।

असन्तुष्ट पक्षले सर्वसम्मत् नेतृत्व चयन गर्ने नाममा नेतृत्व निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेकामा चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाबाट नेतृत्व चयन नभएमा समानान्तर संगठन गठन हुनसक्ने बताएका छन् ।

यही वैशाख ४ गतेदेखि शुरु भएको बैठकमा संगठनका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले मुलुकको दिगो विकास र समृद्धिका लागि युवा वर्गलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ