काठमाडौं, वैशाख ५ ।
आज वैशाख शुक्ल तृतीया, स्नान, जप, तप, हवन, दान गरी हिन्दु धर्मालम्बीहरुले अक्षय तृतीया पर्व मनाइँदैछ । यो दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।
यस दिन माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गर्ने प्रचलन छ । जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने धार्मिक जन विश्वास छ ।
घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाउने गरिन्छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline