भ्रष्टचारकाे अखडा बन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारी स्रोतसाधन दुरुपयोगकाे रेकर्ड !

भ्रष्टचारकाे अखडा बन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सरकारी स्रोतसाधन दुरुपयोगकाे रेकर्ड !

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

४ वैशाख, काठमाडौं । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सरकारी स्रोत साधनको दुरुपयोग गर्ने नमुनाका रुपमा चिनिएकाे छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार अस्लतालमा करोडौंको सामान केही प्राधिधिक नभएको वा बिगि्रएको नाममा थुपारेर राखिएको छ भने कतिपय रकम भुक्तानी गरेर पनि जडान नै गरिएको छैन ।

प्रतिष्ठानले अक्सिजन प्लान्ट खरिद तथा जडान गर्न २९ असार २०७३ मा नै सम्झौता गरेको थियो । त्यसअनुसार ३ करोड २ लाख रुपैयाँ भुक्तानी पनि दिइसक्यो ।

तर, अहिलेसम्म अक्सिजन प्लान्ट जडान भएको छैन । उल्टै प्रतिष्ठानले अहिले अक्सिजन किन्न लाखौं खर्च गर्ने गरेको पाइएको छ । अक्सिजन खरिदमा २०७३/७४ मा ३९ करोड ४८ हजार र २०७४/७५ मा २१ लाख ६६ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

प्राविधिक नभएको भन्दै झण्डै एक करोड खर्चिएर ल्याएको कृत्रिम दाँत बनाउन प्रयोग हुने ‘क्यान क्याम मेसिन’ प्रयोगविहीन छ ।

१३ लाख बढी खर्चेर ल्याइएको दाँतको एक्स-रे गर्ने आरभीजी मेसिन र त्यसका एक्सेसरीन डिजिटल प्रविधिअनुसार प्रयोग गरिएको छैन । ‘एक्सरे फिल्म प्रयोग गरेर छुट्टै विकास गर्नुपर्ने अवस्था छ भने कम्प्युटर र फोटो पि्रन्टर जडान भएको मितिदेखि नै प्रयोगविहीन अवस्थामा छ’ महालेखाले भनेको छ ।

डेन्टल चेयरहरु जडान गर्न भन्दै ३६ लाख भुक्तानी दिएको दुई वर्ष हुन लागिसक्यो । तर, प्रतिष्ठान परिसरमा ल्याइएको डेन्टल चेयरहरु थुपारेर राखिएको छ ।

लाखौं खर्चिएर किनिएको अस्पतालमा प्रयोगहरु एक्स्टर्नल समानहरु पनि त्यत्तिकै थुपारेर राखिएको छ ।

रेडियोलोजी डिपार्टमेन्टमा रहेको एक्स-रे मेसिन प्रयोगहीन छ । २८ लाख बढी खर्च गरेर जडान भएको एचडी ७ अल्ट्रासाउण्ड मेसिन पनि प्रयोग हुन सकेको छैन ।

स्वास्थ्य सेवा विभागले ६ जेठ २०७१ मा झण्डै साढे २ करोडको आटोमेटिक डीएनए सिक्वाइन्सर हस्तान्तरण गरेको थियो । तर, अहिलेसम्म प्रयोग भएको छैन । उपकरण सञ्चालन गर्ने ज्ञान भएका कर्मचारी नभएको भन्दै थन्काएर राखिएको छ ।

प्रतिष्ठानमा डाइलाइसिस सेवा छ । तर, १० मध्ये चारवटा डाइलाइसिस मेसिन सञ्चालनमा छैन । यही कारण ८ मध्ये दुई शैय्या सञ्चालन गर्न सकिएको छैन ।

एमआरआई मेसिनको अवस्था पनि त्यस्तै छ । ६ क्वाइटमध्ये ४ वटा सञ्चालनमा छैन । एउटा क्वाइटबाट दैनिक ५ वटासम्म एमआरआई हुने गरेको छ । अस्पतालमा एक पटक एमआरआई गरेको शुल्क ७ हजार तोकिएको छ । ‘मेसिन थन्क्याएर राख्दा दैनिक ३५ हजार आम्दानी मात्र गुमाएको छैन, सेवाग्राहीले निजी अस्पतालमा महंगो शुल्क तिर्नुपरेको छ’ महालेखाले भनेको छ ।

अनौठो त के भने भवन अभावको कारण देखाउँदै सिटी स्क्यान र अल्ट्रासाउण्ड मेसिन एउटै कोठामा राखिएको छ । पालैपालो मेसिन चलाउने गरिएको छ ।

तर, धरान उपमहानगर ४ स्थित छाता चोकमा रहेको जग्गा र भवन भने प्रयोग गर्न सकेको छैन । त्यहाँ अहिले निजी सवारी पार्किङ हुन्छ भने निजी छाप्रो हालेर बस्नेहरु पनि छन् ।

प्रतिष्ठानले स्टोरको अभिलेख नराखेको ८ वर्ष पुगिसक्यो, यसले कति समान आए, कुन के कस्तो अवस्थामा छ भन्ने समेत थाहा हुन छाडेको पाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ