विराटनगरमा रहेको भारतीय कार्यालय बन्द गर्न नेकपाको चेतावनी, अटेर गरे हुनेछ यस्तो कार्वाहि !

विराटनगरमा रहेको भारतीय कार्यालय बन्द गर्न नेकपाको चेतावनी, अटेर गरे हुनेछ यस्तो कार्वाहि !

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, बैशाख ४ ।
नेपाल कम्युनिष्ट पार्टीले पूर्वी नेपालको विराटनगरमा अवस्थित भारतीय कार्यालय बन्द गर्न चेतावनी दिएको छ ।
नेकपा पूर्वी कमान्ड इन्चार्ज विरहीले आज साझ बिज्ञप्ती जारी गर्दै २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल बन्द गर्न चेतावनी दिनुभएको हो ।

बिज्ञप्तीमा भनिएको छ, २०६५ सालमा कोसी नदीको बाढी नियन्त्रण गर्न बनाइएको विराटनगर १३ स्थित भारतीय बाढी नियन्त्रण कार्यालय अझै हटाइएको छैन ,त्यसले मुलुक र क्रान्तिकारी आन्दोलनको विरुद्ध जासुसी गरिरहेको छ । उक्त भारतीय जासुसी कार्यालय हटाउन र हाम्रा नेताकार्यकर्ता रिहा गर्न माग गर्दछौँ । अन्यथा साम्राज्यवाद र उसको नेपाली दलाल सरकारका विरुद्ध थप सङ्घर्षमा उत्रन बाध्य हुनेछौँ ।

यस्तै बिना कारण गिरफ्तार गरिएका पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै आह्वान गरिएको बन्द सफल भएको पनि नेकपाले जनाएके छ ।

बिज्ञप्तीमार्फत , पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै विरहिले सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा कोसी ब्युरो इन्चार्ज किरण राईसहित उदयपुर, सुनसरी, मोरङ, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, झापालगायत स्थानबाट दर्जनौ कार्यकर्तालाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइएका नेकपाले पुर्व घोषित कार्यक्रम अनुसार नै नेकपाले आज पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द गरेको हो ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले विभिन्न स्थानमा यातायातका साधनमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।

आज विहानै काठमाडौंबाट काकरभिट्टा जाँदै गरेको याुत्रवाहाक रात्री बसलाई पूर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी गरेका छन् । यस्तै सुन्दरहरैचामा पनि एउटा मिनि ट्रक र अर्काे ट्रिफारमा आगजनी भएको छ भने मोरङको बेलबारीमा २ वटा ट्रकमा आगजानी भएको छ ।

उता उर्लाबारीस्थित राजमार्गमा भने बन्दकर्ताले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजर्मागस्तिथ सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमा बम भेटेपछि उक्त सडक अवरुद्ध भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएको भन्दै नेकपाले चरणबद्ध रुपमा विरोधका कार्यक्रम घोषणा गरेको हो ।

नेकपाले पूर्व घोषित कार्यक्रम अनुसार नै आज पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ