राहुल गान्धी भन्छन्, मैले संसदमा १५ मिनेट बोलेँ भने प्रधानमन्त्री मोदी उठ्नै सक्दैनन्

राहुल गान्धी भन्छन्, मैले संसदमा १५ मिनेट बोलेँ भने प्रधानमन्त्री मोदी उठ्नै सक्दैनन्

  • मङ्लबार, बैशाख ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी, वैशाख ४ ।

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा उभिनबाट डराउने बताएका छन् ।

गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिँदै यदि उनलाई संसदमा १५ मिनेटमा बोल्न दिए प्रधानमन्त्री उठ्नै नसक्ने बताएका छन् ।
गान्धीले राफेल तथा नीरव मोदीले पञ्जाब नेसनल बैंकको ३० हजार करोड भारतीय रुपैयाँ लिएर भागेको विषयमा प्रधानमन्त्री मोदीले एक शब्द पनि नबोल्नु अनौठो भएको बताए ।
गान्धीले भने, ‘हाम्रो खल्तीबाट ५ सय र एक हजारका नोट निकालेर प्रधानमन्त्रीले नीरव मोदीको खल्तीमा राखिदिए ।’ गान्धीले अहिले भारतका कैयौं शहरमा देखिएको नगदको अभावले भारतकै बैंकिङ प्रणालीमा असर पुग्ने बताए ।


भारतमा अहिले नोटबन्दीका बेलामा जस्तै नगदको अभाव रहेको छ । कैयौं शहरमा एटीएममा पैसा छैन । कतिपय एटीएमबाट पैसा ननिकाले पनि खातावालाको मोबाइलमा पैसा झिकेको सन्देश गैरहेको छ । त्यति मात्रै होइन, इमेलबाट पनि पैसा निकालिएको सन्देश खातावालालाई गइरहेको छ ।
भारतीय अर्थमन्त्री अरुण जेटलीले केही क्षेत्रमा अचानक नगदको माग बढेकाले समस्या देखिएको र दुई–तीन दिनमै समस्या समाधान हुने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ