नयाँ वर्षको दिन आज दिनभर नारायणगढ मुग्लिन सडक खुल्ला

नयाँ वर्षको दिन आज दिनभर नारायणगढ मुग्लिन सडक खुल्ला

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चितवन ,१ वैशाख ।
निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन आज खुल्ला गरिएको छ ।

हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक आज दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभएको छ ।

‘नयाँ बर्षको दिन सवैलाई आवातजातवमा सहज होस् भनेर बन्द नगर्ने निर्णय गरिएको बताईएको छ । भोली वैशाख २ गतेबाट भने पुनः १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरी काम रोकिने खनालले बताउनु भयो ।

निर्माण जारी सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारेखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।

भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह कालोपत्रे भइसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ