कांग्रेस नेताको क्रसर उद्योगमा आगजनी र तोडफोडबाट १० करोडको क्षति, सेनाद्धारा बम निष्क्रिय(अपडेट)

कांग्रेस नेताको क्रसर उद्योगमा आगजनी र तोडफोडबाट १० करोडको क्षति, सेनाद्धारा बम निष्क्रिय(अपडेट)

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

१ वैशाख, काठमाडौं ।

काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकीडाँडामा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा अज्ञात समुहले आगजनी तथा तोडफोड गरेको छ ।

आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको छ भने अन्य ६ वटा ट्रिपर तोडफोड भएको छ ।
काँग्रेस नेता कुन्साङ लामाले सञ्चालन गरेका उद्योगमा ८÷९ जनाको समुहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो ।

सञ्चालक कुन्साङ लामाले केही हतियारधारीहरु आएर क्रसरमा भएको आफ्ना कर्मचारीहरुलाई एउटा कोठामा थुनेर पेट्रोल छर्केर आगजनी गरेको जानकारी दिनुभयो ।

आगजनी र तोडफोडमा संलग्नको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेमा प्रमुख एसपी थापाले जानकारी दिनुभयो ।
आगजनी र तोडफोडबाट झण्डै १० करोडको क्षति भएको जनाइएको छ ।

उता ब्लु साईन रोडा ढुंगा उद्योग जाने बाटोमा राखिएको बम भने नेपाली सेनाले निष्क्रिय पारेको छ । चौकीडाँडा –सिपाली जाने बाटोको प्रवेशद्धार चौकीडाँडा, दाप्ता खोलामा भेटिएको प्रेसरकुकर बम सेनाले निष्क्रिय पारेको एसपी थापाले जानकारी दिनुभयो ।
अहिलेसम्म घटना कसले र किन घटायाभन्नेबारे थाहा नभएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ