कांग्रेस नेताको क्रसर उद्योगमा आगजनी,चौकीडाँडामा ३ वटा प्रेसकुकर बम भेटियो

कांग्रेस नेताको क्रसर उद्योगमा आगजनी,चौकीडाँडामा ३ वटा प्रेसकुकर बम भेटियो

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

१ वैशाख, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकीडाँडामा रहेको ब्लु साइन स्टोन क्रसर उद्योगमा बिस्फोट भएको छ ।

कांग्रेस नेता कुनसाङ लामाको उक्त क्रसर उद्योगमा बिस्फोटपछि लागेको आगोका कारण चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

विस्फोटबाट करिब दश करोड भन्दा बढिको क्षति भएको अनुमान छ । विस्फोटबाट भएको अन्यक्षतिको विवरण र बम विस्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उता , वीपी राजमार्गको चौकीडाँडा नजिकै ३ वटा प्रेसकुकर बम पनि भेटिएका छन् । बम निष्कृय पार्न सेनाको टोली त्यसतर्फ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ