देवरभाउजु र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर बिशु पर्व मनाइँदै

देवरभाउजु र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर बिशु पर्व मनाइँदै

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

काठमाडौं, १ वैशाख ।
सुदुरपश्चिम क्षेत्रमा आज बिशु पर्व धुमधामका साथ मनाइँदैछ ।

वैशाख १ गते मनाइने विशु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वमा देवरभाउजू, नन्दभाउजू र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

। देवर या साली नहुनेले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहीआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।

बिशुकै दिन कुलदेवताको पूजा गरी स्थानिय परिकार गतानी डुब्का पकाएर खाने चलन छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । पर्वका अवसरमा आज राजधानीको प्रज्ञा प्रतिस्ठानमा पनि कार्यक्रमको आयोजना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ