आठ महिनाको आर्थिक स्थिति सार्वजनिक, यस्तो छ आर्थिक गतिविधिको मिश्रित परिदृश्य

आठ महिनाको आर्थिक स्थिति सार्वजनिक, यस्तो छ आर्थिक गतिविधिको मिश्रित परिदृश्य

  • शनिबार, बैशाख १, २०७५
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं।

चालु आर्थिक वर्ष २०७४/७५ को आठ महिना अर्थात् फागुन सम्म उपलब्ध आर्थिक परिसूचकहरुले आर्थिक गतिविधिको मिश्रित परिदृश्य रहने देखाएको राष्ट्र बैंकले जनाएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुुसार मकैको उत्पादन ९ दशमलब ४ प्रतिशत तथा गहुुँको उत्पादन ५ प्रतिशतले बढ्ने अनुमान रहेको छ ।

तथापि चालुु आर्थिक वर्षको सुुरुवातमा तराई भागमा आएको भारी वर्षा तथा डुुवानका कारण धानको उत्पादनमा भने १.५ प्रतिशतले कमी आउने अनुुमान मन्त्रालयको रहेको छ ।

कुल कृषि उत्पादनमा खाद्यान्न वालीले महत्वपूर्ण अंश ओगट्ने भएकाले कृषि उत्पादन वृद्धिदर अपेक्षा भन्दा कम रहने अनुमान राष्ट्र बैंकको छ ।

गैह–कृषि गतिविधितर्फ चालुु आर्थिक वर्षको आठ महिनामा केही जलविद्युत आयोजनाहरु सम्पन्न भएका र कुल विद्युत उत्पादनमा ७२ मेगावाट विद्युत थपिएको छ ।

फलाम लगायतका कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै उर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने देखिन्छ ।

त्यसैगरी फलामजन्य वस्तुु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पूननिर्माण कार्यले गति लिएको प्रतिविम्वित हुने केन्द्रीय बैंकले जनाएको छ ।

फागुुन महिनामा वार्षिक बिन्दुुगत उपभोक्ता मुुद्रास्फीति दर भने ६ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यसै अवधिमा जम्मा २.९ प्रतिशत रहेको थियो ।

तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्य वृद्धि र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा मुुद्रास्फीति केही बढेको हो ।

तरकारीजन्य वस्तुहरुको मुुद्रास्फीति अल्पकालिक उच्च रहेको भएतापनि औसत मुद्रास्फीति वार्षिक प्रक्षेपणभन्दा कम नै रहने अनुमान छ ।

आयातको स्तर बढेको हुँदा चालुु खाता तथा शोधनान्तर घाटामा विस्तार भएको छ ।

यद्यपि विदेशी विनिमय संचिति ९.७ महिनाको वस्तुु तथा सेवा आयात धान्नका लागि प्रयाप्त रहेको जनाइएको छ ।

यस अवधिमा १३.० प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेवाट वित्तीय स्थिति कसिलो रहेका देखिएको जनाइएको छ ।

स्थानीय, प्रादेशिक तथा संघीय संसदको निर्वाचन सफलतापूर्वक सम्पन्न भई तद्अनुुरुपका सरकारहरुको गठन भएकाले सरकारी वित्त कारोवारहरुले गति लिइरहेको स्थिति छ ।

यसबाट आउँदा दिनहरुमा वित्तीय अवस्थामा सुुधार आउने राष्ट्र बैंकको अपेक्षा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी