काठमाडौँ, ३० चैत । नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जालमा आईरहेको समाचार भ्रमपूर्ण रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रष्ठ पारेको छ ।
साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम सम्बन्धमा ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएके छ ।
मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको प्रस्ष्ट पादै मन्त्रालयले त्यस्तो भ्रम फैलाउनबिरुद्ध अनुशधान भईरहेको पनि जनाएको छ ।
त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेकाले त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्नुहुन र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत अनुरोध गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।