काठमाडौं चैत्र २९ ।
प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले मोरङका सुनिल देव वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले १ हजार दरका २ हजार २ सय ६ थान र ५ सय दरका ५ हजार ४ सय ५१ थान नोट बरामद गरिएको जानकारी दिनुभएको छ ।
उक्त रकम नेपालीमा रुपान्तर गर्दा ६५ लाख ६९ हजार ५२५ रुपयाँ पचार पैसा हुन आउँने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline