काठमाडौं महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै

काठमाडौं महानगरपालिकाले सम्पदाहरुको संरक्षणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्दै

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, चैत २९ । काठमाडौं महानगरपालिकाले परम्परागत सम्पदाहरुको संरक्षण एवं प्रवर्द्धनका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले आज पत्रकार सम्मेलन गरि वैशाख ८ गते सम्पदादेखि सम्पदासम्मको यात्रा गर्ने जनाएको छ । जसअन्तर्गत काठमाडौंको बसन्तपुरदेखि स्वयम्भूसम्मको यात्रा हुने भएको छ । पदयात्रामा सम्पदाप्रेमी, पर्यटनसँग सम्बद्व संघसंस्था र सर्वसाधारणको सहभागिता हुने महानगरले जनाएको छ । यसअघि वैशाख २ देखि ७ सम्म सरसफाइ अभियान, खेलकुद, आमसभा लगायतका जनचेतनामूलक कार्यक्रमहरु गरिने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परम्परागत धरोहरहरुको संरक्षणका साथै विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले अभियान थालिएको जानकारी दिनुभएको छ ।

फोटो – बुद्ध शरण शाही

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ