नापी कार्यलय प्रमुख श्यामबाबु प्रसाद साह घुससहित पक्राउ

नापी कार्यलय प्रमुख श्यामबाबु प्रसाद साह घुससहित पक्राउ

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २९ चैत्र ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबु प्रसाद साह पक्राउ परेका छन् ।

स्थानीय एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा घुस लिएलगत्तै अख्तियारको टोलीले शाहलाई पक्राउ गरेको हो ।

आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले साहलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

साहले त्रियुगा नगरपालिका–१० का एक सेवाग्राहीबाट जग्गाको नक्सा परिवर्तन गरिदिने शर्तमा रु दुई लाख घुस मागेको र पहिलो किस्ता स्वरुप पचास हजार रुपैयाँ दिएको सेवाग्राहीले बताएका छन् ।

साहले घुस लिनेबित्तिकै तत्कालै सेवाग्राहीले अख्तियारलाई खबर गरेपछि अख्तियारको टोली कार्यालय पुगेर जाँच गर्दा हाकिम साहको सिरानबाट रु ५० हजार बरामद गरेको पनि क्षेत्रीय अख्तियार प्रमुख प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

यसभन्दा अघि पनि साहले सेवाग्राहीबाट पटक पटक घुस लिएको गुनासो बढ्न थालेपछि उनी अख्तियारको निगरानीमा रहँदै आएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ