दिल्लीमा के. आई. नेपाल सम्मानित

दिल्लीमा के. आई. नेपाल सम्मानित

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, २९ चैत ।

मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था के. आई. नेपाललाई यस बर्षको उत्कृष्ट सामाजिक संस्थाको रूपमा सम्मान गरिएको छ ।

भारतस्थित “हाम्रो सोच हाम्रो भविष्य” नामक संस्थाद्धारा मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध नेपाल तथा भारतबाट समेत महिला तथा किशोरीहरुको उद्धार गरी परिवारमा पुनर्मिलन गराउने, सीपयुक्त तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी मानब बेचबिखन नियन्त्रणमा अतुलनीय कार्य गरे बापत के.आई. नेपाललाई सम्मान गरिएको हो ।

“हाम्रो सोच हाम्रो भविष्य” नामक संस्थाको प्रथम वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको आयोजना मार्फत के. आई नेपाल र यसका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईलाई सम्मान गरेको उक्त संस्थाले जनाएको छ ।

दिल्ली महिला अायोग, विभिन्न नेपाली मिडिया तथा सामाजिक संस्थामध्येबाट के.आई. नेपाललाई सम्मान गरिएको जानकारी अायोजक संस्थाका अध्यक्ष राजपावर महरले बताएका छन् ।

केही दिन अगाडि मात्र नेपाल सरकारद्वारा मानव बेचबिखन र अोसारपसार बिरूद्धको राष्ट्रिय समितिमा मनोनीत के.आई. नेपालले छोटो समयमा नै भारतका विभिन्न ठाउँहरुबाट भारतस्थित महिला आयोग, नेपाली राजदुतावास तथा भारतका विभिन्न संघसंस्थाहरसंगको समन्वय तथा सहकार्य गरी महिला तथा किशोरीको उद्धार गर्न सफल भएको र बेचबिखन तथा हिंसामा परेर अलपत्र परेका महिला तथा किशोरीको उद्धार पश्चात संरक्षणका साथै परिवारमा पुनर्मिलन गराउँदै आइरहेकोे छ ।

विभिन्न नेपाली राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहेको कार्यक्रम इन्द्रराज भट्टराईको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिल्लीका पूर्व सांसद जे पी अग्रवाल, अातंकवाद बिरूद्धको सुरक्षा फोर्सका प्रमुख एम एस भिट्टा, दिल्ली महिला अायोग एबं विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको समाजसेवी नवीन जोशीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ