काठमाडौं, चैत्र २९ ।
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह इपिजिको संयुक्त बैठक आजबाट नयाँ दिल्लीमा सुरु भएको छ ।
ईपिजीको आठौँ बैठकले हालसम्म भएका दुईपक्षीय समझदारीलाई अन्तिम रूप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने बिषयबारे अन्तिम टुङ्गो लगाउने बताइएको छ ।
हालै सम्पन्न प्रधानमन्त्री केपि शर्मा ओलीको भारत भ्रमणका क्रममा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रबुद्ध समूहको सुझाव प्रतिवेदनमा सकारात्मक हुने बताएसँगै टोलीले प्रतिवेदनलाई अन्तिम रुप दिन लागेको हो ।
नेपाल–भारत बीचका सबै खाले सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको म्याद आगामी असार २० गते सकिँदैछ ।
दुवै मुलुकको सरकारलाई अन्तिम समयसीमा अगावै प्रतिवेदन बुझाउने गरी टोलीले गृहकार्य तीब्र पारिरहेको ईपिजीका सदस्य निलाम्बर आचार्यले जानकारी दिनुृभयो ।
भोली सम्म सञ्चालन हुने बैठकमा सहभागी हुन भेषबहादुर थापा संयोजकत्वको नेपाली टोली हिजै नयाँ दिल्ली प्रस्थान गरिसकेको छ ।
- फाईल फोटो ।