आइजीपिद्धयलाई दज्र्यानी चिन्ह प्रदान, आजैबाट पदभार ग्रहण

आइजीपिद्धयलाई दज्र्यानी चिन्ह प्रदान, आजैबाट पदभार ग्रहण

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ २९ चैत्र ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आइजीपीद्धय सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले आज दज्र्यानी चिन्ह प्राप्त गर्नु भएको छ ।

दुवै आइजीपिलाई गृह मन्त्रालयमा आज विहान आयोजना गरिएको एक विषेश कार्यक्रमकाबीच गृहसचिव प्रेमकुमार राईले दज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो ।

दज्र्यानी चिन्ह पाएलगत्तै नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले प्रहरी हेडक्वाटर नक्साल पुगेर पदभार ग्रहण गर्नुहुने गृहमन्त्रालयका सहप्रवक्त झंक ढकालले बताउनु भयो ।

यस्तै सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनालले पनि आजै हलचोकस्थित शसस्त्र प्रहरीको मुख्य कार्यलय पुगी पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

आइजिपीद्धयको स्वागतका लागि दुवै हेडक्वाटरमा विषेश कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उहाँहरुलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ