बलात्कारीलाई फाँसीको सजाय दिने कानून चाहियो :मुख्यमन्त्री राउत

बलात्कारीलाई फाँसीको सजाय दिने कानून चाहियो :मुख्यमन्त्री राउत

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

२९ चैत,काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले कडा कानून नबनाए बलात्कारीलाई तह लगाउन नसकिने बताएका छन् ।

बलात्कारीलाई फाँसीको सजाय दिने कानूनी व्यवस्था नगरेसम्म महिला अस्मिताको सुरक्षा नहुने बताए ।

उनले भने, ‘फाँसीको कुरा उठाएर मैले संविधान र मानवअधिकारको खिलाफ गर्न खोजेको हैन, तर घटनाक्रमलाई हेर्दा बलात्कार जस्तो जघन्य अपराधलाई फाँसीको सजाय शिवाय केहीले तह लागाउन सक्दैन ।’ बलात्कारका घटना नरोकिनुको प्रमुख कारण फितलो कानुन भएको पनि बताए ।

मुख्यमन्त्री राउतले निर्वाचनपछि अपराधको ग्राफ बढ्नुको अर्को कारणमा अधिकारका लागि प्रदेश र संघीय सरकारबिच चलिरहेको द्वन्द्वको अवस्था भएको बताए ।

‘चुनावपछि प्रदेश सरकार गठन भयो तर अपराध नियन्त्रणका लागि प्रदेश मातहत न प्रहरी छ, न प्रशासन ।’ उनले भने, त्यही अधिकारविहीन प्रदेश सरकारले जनताको अपेक्षा बमोजिम सुरक्षा दिन नसकेको दाबी गरे ।

कार्यक्रममा छोरीको शिक्षामा जोड, महिला शिक्षाका लागि विशेष प्रकारको सुविधा राखिएको प्रदेश २ मा छोरी जन्मने वित्तिकै जीवन विमा गरिदिने सरकाले नीति ल्याएको राउतले बताए ।

‘मधेशमा छोरी ‘भार’ नहोउन् भनेर बीमाको नीति ल्याएका हौ, महिलालाई अगाडी नबढाए प्रदेशलाई १ नम्बर बनाउने अभियान अघि बढ्न सक्दैन ।’ त्यसैले म भन्छु बलात्कारीबिरुद्ध कडा कानून बन्नुपर्छ ।

अपराधीमा भय बढोस् महिलाले सुरक्षा महशुस गरुन् र प्रदेशको विकास निर्माणमा निर्भिकतासाथ लाग्ने बातावरण सृजना होस्’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ