२९ चैत्र,बुटवल ।
नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् आक्रामक बन्न थालेको छ ।
पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिको राजिनामा माग गरेको अवध स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद नवलपुरले गाउँपालिकाको कार्यालय नै कब्जामा लिएको छ ।
नवलपुरको हुप्सेकोट गाउँपालिका – ३ को कार्यालयमा रहेका कमप्युटर,प्रिन्टरलगायतका कार्यलयका सम्पूर्ण सामानहरु जनपरिषद्ले कब्जामा लिएको हो ।
जनपरिषदले नवलपारासकिा ८ स्थानीय तहका प्रमुखलाई राजिनामा गर्न पत्र पठाएको २४ घण्टा बित्न नपाउँदै कार्यालयको सामान कब्जामा लिएका हुन् ।
वडा कार्यालय हातामा अवध स्वायत्त प्रदेश जिल्ला जनपरिषद् हुप्सेकोट गाउँपालिका जनपरिषद् नेपालका नाममा हस्तलिखित पर्चा भेटिएको छ ।
हस्तलिखित उक्त पर्चामा ‘दलाली संसदीय व्यवस्थाद्वारा संचालित स्थानीय सत्तालाई बिस्थापित गर्ने क्रममा जनकारबाही गरिएको छ,’ उल्लेख छ ।
त्यसैगरी रुपन्देहीको ओमसतिया गाउँपालिका(५ को कार्यलयमा रहेका कम्पयुटर,प्रिन्टर र फोटोकपी मेशिन पनि जनपरिषदले कब्जामा लिएको छ ।