आफू अहिले माओवादी केन्द्रमा नरहेको सभामुख महराको भनाई !

आफू अहिले माओवादी केन्द्रमा नरहेको सभामुख महराको भनाई !

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं २८ चैत, ।
सभामुख कृष्णबहादुर महराले आफू अहिले माओवादी केन्द्रमा नरहेको बताउनु भएको छ । सभामुख सपथग्रहण लगत्तै पार्टीको सबै जिम्मेवारीबाट अलग भइसकेको उहाले बताउनु भएको हो ।

संसदीय मामिला पत्रकारसँग आज सिंहदरबारमा कुरा गर्दै महराले ‘सभामुख नहुदा पार्टीमा रहँदा पनि सबैसग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्रा्ष्ट्रिय समुदायसग संवाद गर्नलाई पार्टीले खटाउने गरेको बताउनु भएको छ ।

साथै अर्को एक प्रसंगमा सभामुख महराले दुई वर्ष्भित्रमा संसदको आफ्नै भवन हुने बताउनु भएको छ ।

उहाका अनुसार सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवन बन्नेछ । त्यसका लागि पुतली बगैचामा रहेको सेनाको ब्यारेक गृहमन्त्रालय पछाडि सार्न प्रधानसेनापति सहमत भैसकेको उहाको भनाईथियो ।

सभामुख महराले आगामी असोज भित्र संविधान अनुसार सबै कानूनहरु बनाइसक्नु पर्ने भएकाले सबै मन्त्रालयले विधेक मस्यौदा गरेर पठाउन प्रधानमन्त्री सग छलफल भैसकेको बताउनु भएको छ । उनले संसदको रिपोर्टिङ गर्ने पत्रकारको सुबिधाका लागि आफूले सघाउने बताउउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ