यो वर्षको आर्थिक बृद्धि ४.९ प्रतिशत : एडीबी

यो वर्षको आर्थिक बृद्धि ४.९ प्रतिशत : एडीबी

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, २८ चैत ।
एसियाली विकास बैंक (एडीबी) ले नेपालको चालु आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

गत २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन गरेको एडीबीले यसलाई संशोधन गरेर अहिले ४.९ प्रतिशत र्पुयाएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत भने ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो । एडीबीले भने सरकारले तोकेको लक्ष्यभन्दा कम वृद्धिदर मात्र हासिल हुने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष कोदो र मकै जस्ता वर्षे बालीको उत्पादन बढ्ने आँकलन गरिएको छ ।

विगतमा भएको राजनितीक अस्थिरतासँगै उत्पादनमुलक उद्योगमा भएको कम लगानीका कारण यो वर्षको औद्योगिक वृद्धिदरमा असर गर्ने एडीबीको दावी छ । तर थोक तथा खुद्रा ब्यापार विस्तार, वित्तीय मध्यस्थता यात्रा तथा पर्यटन क्षेत्रको वृद्धिदर भने बढ्ने अनुमान गरिएको छ ।

एडीबीले आर्थिक वर्ष २०७५र०७६ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत आयातमा कमी आउने एडीबीको आँकलन छ ।

तर, स्थानीय सरकार प्रदेश सरकारहरु खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको आँकलन छ ।

चालु आर्थिक वर्षमा मुद्रास्फ्रिति बढेर ५.५ प्रतिशत पुग्ने एडीबीले बताएको छ । गत वर्ष यस्तो मुद्रास्फ्रिति ४.५ प्रतिशत रहेको थियो । यो वर्ष नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतीलाई ७ प्रतिशत भन्दा कम राख्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी