भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर, २८ चैत ।
भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ स्थानीयवासीले आज तानेर गःहिटी पु¥याएका छन् ।

जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पु¥याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको रथलाई आज बिहान तानिएके स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलले जानकारी दिनुभयो ।

राति नै रथलाई गःहिटी पु¥याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा रथको गजुर भाँचिएको छ ।

तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिनुका साथै छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पु¥याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो ।

रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पु¥याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन ः गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ