काठमाडौं ,२८ चैत ।
प्रहरीले बैदेशिक रोजगार विभागबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ ।
बैदेशिक रोजगारीमा जान लागेका सेवाग्राहीबाट १० गुणाभन्दा बढी रकम लिने, सेवाग्राहीलाई सिधै कार्यालमा जान रोक्नेलगायतका गुनासो आएपछि पुगेको प्रहरीले ३ महिलासहित २९ जना विचौलियालाई पक्राउ गरेको हो ।
आज विहान साढे ११ बजे ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा पुगेको प्रहरीहरु सेवाग्राही बनेर पुगेका थिए ।
उनीहरुलाई विचौलियाले कामको बारेमा सोध्ने र बार्गे्निङ गर्ने गरेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline