सडक भत्कीदा सिन्धुली चकमकेका यात्रुहरु समस्यामा

सडक भत्कीदा सिन्धुली चकमकेका यात्रुहरु समस्यामा

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

रुद्र खड्का /सिन्धुली, चैत्र २८ ।
सिन्धुलीमाढी देखि चकमके जाने सडक भत्कीदा यात्रुहरु समस्यामा परेका छन् । सिन्धुली चकमके सडक भत्कीदा यात्रुहरु समस्यामा स्विस सरकार सिन्धुलीको सहयोगमा केही वर्ष पहिले निर्माण भएको ग्रामिण सडक अहिले जिर्ण अवस्थामा पुगेको हो ।
कमलामाई नगरपालिका १२ बुदुना र तिनतले बिचमा रहेको सडक पानी परे सँगै सवारी साधन तथा यात्रुहरुमा आवत जावतको लागि धेरै समस्या पर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । सडक धेरै ठाउँमा खाल्डा खुल्डि र सोलिङ गरिएको ढुङ्गाहरु सबै निस्किदा पानी परेको समयमा धेरै भन्दा धेरै सवारी आगमनमा समस्या परेको यात्रुहरुको भनाई छ ।
खाल्डा खुल्डि र बाटो चिप्लो भएकै कारण मोटरसाइकलमा आवतजावतमा अझ जोखिमपूर्ण रहेको एक यात्रु जनार्दन कोइरालाले बताए । मोटरसाइकलमा यात्रा गर्नेहरु दिनहुँ जसो दुर्घटनामा पर्ने गरेको उनले बताए ।
सडक धेरै ठाउँमा खाल्डा खुल्डि भएका कारण ग्रामीण क्षेत्रका स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएको छ । तीनपाटन गाँउपालिका २ बेलघारीका स्थानीय कृष्ण भण्डारी पनि कच्ची बाटोका कारण यात्रा गर्न असहज भएको बताउछन् । वर्षेनी यस्ता समस्या झेल्दै आएपनि कुनै पनि निकायले यसप्रति चाँसो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
चुनावको वेला विभिन्न राजनीतिक दलले घोषणा पत्रमा कालो पत्रे तथा पक्कि सडक बनाउने भनिएता पनि अहिले त्यस सडकमा कुनै राजनीतिक दल तथा सरोकारवालाहरुको ध्यान नगएको भन्दै स्थानिय आक्रोसित भएका छन् । सानो पानी पर्दा पनि सिन्धुलीका ग्रामिण सडकमा यातायात अबरुद्ध हुने गरेको छ । सडक अबरुद्ध भएसँगै चकमके मझुवा, जरायटार लगायतका ग्रामिण क्षेत्रमा सवारी समेत ठप्प हुने गरेको छ ।
जिल्लाका अधिकांस ग्रामिण सडकहरु बर्षा सुरु हुने वित्तिकै बर्सेनी अबरुद्ध हुने गरेका छन् । कच्चि सडक कै कारण कम्तीमा ६ महिनासम्म सवारी साधनहरु अबरुद्ध हुने गरेको यातायात व्यावसायिहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ