रुद्र खड्का /सिन्धुली ,चैत २८ ।
जिल्लामा रहेर बालसंरक्षणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुको नक्सांकन कार्य सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल सँगको साझेदारी र महिला तथा बालबालिका कार्यालय सिन्धुली संगको समन्वयमा रिलिफ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा बालसंरक्षणको क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरुले बालबालिकाहरुलाई उपलब्ध गराउने सेवा प्रवाहका बारेमा छलफल गरि सेवा प्रवाहको बारेमा नक्सांकन कार्य गरिएको हो ।
महिला विकास अधिकृत जानकी कुवँर को अध्यक्षतामा भएको बैठकमा जिल्लामा बालसंरक्षणको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले उपलब्ध गराउने सेवा र सेवा अवधिका बारेमा छलफल गरि नक्साँकन कार्य गरिएको थियो ।
नक्सांकन कार्यले जोखिममा रहेका बालबालिकाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने रिलिफ नेपालका कार्यक्रम संयोजक लोकहरि आचार्यले बताए । आफ्नो संस्था सँग नभएको सेवा अर्को संस्थामा सिफारिस गर्नका लागि नक्सांकन कार्य अति नै महत्वपूर्ण हुने उनले बताए ।
यस कार्यले जोखिममा रहेका बालबालिकाहरुले तुरुन्तै सेवा पाउन सक्ने उनको दावी छ । नक्सांकन कार्य बाट कुन कुन संस्थाहरुले के के सेवा प्रदान गर्दा रहेछन् भन्ने जानकारी पाउनुका साथै सेवा प्रवाह पनि चुस्तदुरुस्त हुने छ ।
कार्यक्रममा बोल्दै महिला विकास अधिकृत जानकी कुँवर९राठी० ले महिला तथा बालबालिका कार्यालयले गर्नु पर्ने काम रिलिफ नेपालले गरिदिएकोमा धन्यवाद दिदै तुरुन्तै उद्दारका साथै जोखिममा रहेका बालबालिकाहरुले सेवा पाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन ।