काठमडौं, चैत्र २८ ।
नेकपा निकट चितवन जनपरिद्ले भरतपुरमा २ हजार प्रतिशत कर बृद्धि गर्न मुख्य भूमिका खेलेको ठहर गर्दै जिल्लाका एक वडाअध्यक्षमाथि जनकारवाही गरेको छ ।
भरतपुर महानगरपालिका १० का वडाअध्यक्ष अरुण भण्डरीलाई नेकपाका कार्यकर्ताले सार्वजनिक स्थलमै कालोमोसो दलेर कारवाहरी गरेका हुन् ।
दुई हजार प्रतिशत कर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको, सेवाग्राहीबाट कमिसन लिने गरेको र कर सम्बन्धी बुझ्न गएका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको जनपरिषद् चितवनले जनाएको छ ।
देशकै सबैभन्दा बढी कर वृद्धि गरेको भन्दै महानगरपालिकाकी मेयर रेणु दाहालको पनि आलोचना भइरहेको छ । दाहालकै प्रस्तावमा करवृद्धि भएको वडाअध्यक्ष भण्डारीले खुलासा समेत गरेका छन् ।
यसअघि पनि भ्रष्टाचारी, कमिसनमा नेकपाले चेतावनी स्वरुप कालोमोसो दल्दै आएको थियो तर जनपरिषद्कै नामबाट गरिएको यो पहिलो कारवाही हो ।
त्यसबाहेक भण्डारीलाई निर्वाचनपछि दुईहजार प्रतिशतसम्म कर बृद्धि गरेको, पत्रकार र महिलामाथि दुव्र्यवहार गरेको लगायतका आरोप लगाईएको छ ।