इपिजि बैठकमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान

इपिजि बैठकमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, चैत्र २८ ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह ईपिजीको बैठकमा सहभागि हुन नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । भेषबहादुर थापा संयोजकत्वको टोली आज त्यस तर्फ प्रस्थान गरेको हो ।

भोली र पर्सी नयाँ दिल्लीमा बस्ने ईपिजीको आठौँ बैठकले हालसम्म भएका दुईपक्षीय समझदारीलाई अन्तिम रूप दिने तथा प्रतिवेदनमा उल्लेख गरिने बिषयको अन्तिम टुङ्गो लगाउनेछ ।

ईपिजी प्रतिवेदन लेखनको अन्तिम चरणमा पुगेकाले सम्भवत अर्को पटक बस्ने नवौं बैठकले त्यसलाई टुङ्गयाउने ईपिजीका सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई मुलुकबीच विश्वासको वातावरण निर्माण भएकाले प्रतिवेदन तयार गर्न इपिजीलाई थप सहज भएको उहाँको भनाई छ । नेपाल भारतबीचका सबै खाले सन्धि सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित ईपीजीको म्याद आगामी असार २० गते सकिँदैछ ।

अन्तिम समयसीमा अगावै प्रतिवेदन दुवै मुलुकको सरकारलाई बुझाउने गरी गृहकार्य तीब्र भइरहेको भट्टराईले जानकारी दिनुभयो । दुवै मुलुकका प्रधानमन्त्रीले ईपीजीले दिने प्रतिवेदन स्वीकार गर्ने बताएपछि टोलीले मस्यौदालाई अन्तिम रूप दिन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ