नवलपुरका स्थानिय निकायका प्रमुखलाई तत्काल राजिनामा दिन जनपरिषदको पत्र

नवलपुरका स्थानिय निकायका प्रमुखलाई तत्काल राजिनामा दिन जनपरिषदको पत्र

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 28.5K
    SHARES

नेपाल कम्युनिस्ट पार्टीले संचालन गरिरहेको अबध स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद् नवलपुरले जिल्लाका सम्पुर्ण नगरपालिका प्रमुखहरु र गाउँ पालिकाका प्रमुखहरुलाई राजिनामा दिन आग्रह गरेको छ ।

परिषदले राजिनामा दिन भनिएको पत्रमा स्थापना काल देखि नै जनजीविका, जनतन्त्र र राष्ट्रियताको सवालमा सतिशाल झैं उभिएको व्यहोरा सर्वविदितै छ । नेपाल स्वाधीन र स्वतन्त्र ढंगले संचालन गर्ने हामी सबैको दायित्व हो र हुनुपर्दछ । हामीले भन्दै आएको संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाका खातिर विश्व कम्युनिज्म दृष्टिकोण अनुसार पनि वर्ग संघर्ष, वल प्रयोगको सिद्धान्त, सर्वहारा श्रमजीवि वर्गको अधिनायकत्व स्थापना गर्ने विकल्प छैन भनिएको छ ।

साथै पत्रमा अहिले देशमा रहेको विद्दमान संसदीय व्यवस्थाको विरुद्धमा स्वयम पुँजिवादीहरुपनि लागि रहेका भन्दै अतः नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्थाको खारेज र अन्त्यकालागि विभिन्न संर्घषका कार्यक्रम गर्दै आएको छ । अहिलेको दलाल व्यवस्थाको खारेजिको लागि हाम्रो पार्टीको संलग्न विना जनताको विरोधका बावजुत पनि गरिएको निर्वाचनले निकास दिने संम्भावना छैन । आज त्यस्तै व्यवहारहरु प्रर्दशन हुदै आएका छन् भने दलाल संसदीय व्यवस्था स्वतः कमजोर भन्दै गएको उल्लेख गरिएको छ ।

देशको ढुकुटी बाँडिचुडी खाने, कमिसन मार्फत चुनाव खर्च उठाउने साथै अर्को निर्वाचनका लागि आर्थिक संकलन गर्ने, ३५५ देखि ६००५ सम्म महङ्गि बढेको छ । कालो बजारी, भ्रष्टाचार, व्यविचारि, दिन गुणा रात चौगुणा बढ्दै गएको छ तर जनप्रतिनिधि मुख दर्शक वा थप सहयोगी बनिरहेको उल्लेख गरिएको छ। पत्रमा यो दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापानार्थ तपाई र तपाईंको पदबाट राजिनामा दिन हुन हार्दिक अनुरोध गर्दैछौं अन्यथा उत्पन्न परिस्थितिको सामाना तपाईं स्वंयमले गर्नुपर्ने चेतावनी दिइएको छ ।

नवलपुरका ८ स्थानिय निकाय मध्य ४ नगरपालिका र ४ गाउँपालिका जसमा गैंडाकोट नगरपालिका प्रमुख छ्त्रराज पौडेल,देवचुली नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ,कावासोती नगर प्रमुख चन्द्रा पुन मगर,मध्यबिन्दु नगर प्रमुख चन्द्र बहादुर राना,हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पान्डे,बिनई त्रिवेणि गाउँपालिका प्रमुख डम्बर जिसि,बुलिङ्गटार गाउँपालिका प्रमुख ससिकिरण वस्ताकोटी र बुङ्दिकाली गाउँपालिका प्रमुख दुर्गा बहादुर राना मगर लाई लाई जिल्ला जनपरिषद नवलपुरले तत्काल राजीनामा दिन चेतावनी दिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ