नेकपासँग एकताको तयारीमा रहेको क्रान्तिकारी माओवादीको युवाहरू लठ्ठी तालिममा व्यस्त

नेकपासँग एकताको तयारीमा रहेको क्रान्तिकारी माओवादीको युवाहरू लठ्ठी तालिममा व्यस्त

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौं, चैत्र २८ ।माेहन वैद्य नेतृत्वकाे नेकपा क्रान्तिकारी माअाेवादीले अाफ्ना युवाहरूलार्इ सिराहामा लठ्ठी लालिम दिइरहेकाे छ ।

केही समयअघि मकवानपुरकाे जंगलमा यस्तै तालिम दिएकाे वैद्य माअाेवादीले सिरहाको खुट्टि खोलामा यस्ताे तालिम दिइरहेकाे छ ।

वैद्य माअाेवादीका केन्द्रीय सदस्य हस्तवहादुर केसीले सामाजिक संजाल फेसबुकमा सिरहाकाे जंगलमा भइरहेकाे लठ्ठी तालिमकाे फाेटा राखेर पाेष्ट गरेका छन् ।

साे लठ्ठी तालिमकाे के अर्थ हाे भन्नेबारे केही  नखुलाइएपनि अाफुहरू पनि क्रान्तिका लागि तयार छाै भन्ने देखाउन वैद्य माअाेवादीका क्रान्तिकारी युवाहरूले यस्ताे तालिम लिएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

केही समयअघि मकवानपुरकाे जंगलमा भएकाे यस्तै तालिमकाे उदघाटन गर्दै साे पार्टीका महासचिव माेहन वैद्य किरणले अाफ्ना युवाहरूलार्इ सीमा रक्षाका लागि लड्न निर्देशन दिएका थिए ।

अहिले सिरहामा भइरहेकाे तालिमकाे उदघाटन कस्ले गरेकाे भन्नेबारे साे पार्टीले बाहिर खबर ल्याएकाे छैन ।

स्मरणरहाेस् वैद्य माअाेवादीले माअाेवादी केन्द्रलार्इ प्रतिक्रियावादी वर्गकाे सेवामा लागेकाे भन्दै नयाँ क्रान्तिकाे तयारीमा लागेकाे बताउने गरेकाे छ । त्यहीअनुरूप युवाहरूलार्इ यस्ताे लठ्ठी तालिम दिइएकाे हुन सक्ने बुझिएकाे छ ।

सिरहाकाे लठ्ठी तालिममा वैद्य माअाेवादीका केन्द्रीय सदस्य हस्तबहादुर केसी पनि देखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी