गुल्मि, २७ चैत ।
नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला जनपरिषद गुल्मिले रेसुङगा नगरपालिका गुल्मिका मेयरको राजिनामा माग गरेको छ ।
जनपरिषदका उपप्रमुख प्रसान्त वरालले मेयर डिल्लीराज भुशाललाई पत्र पठाएर पदबाट राजिनामा दिन र जनप्रतिनिधिहरुलाई पनि राजिनामा गराउन माग गर्नुभएको हो ।
स्थानीय चुनाव पश्चात जनतालाई अनावश्यक कर थोपर्ने ,उपभोक्ता समितिको नाममा कमिसन खाने ,भ्रष्टचार सस्थागत गर्ने ,जनताको करबाट महंगा गाडिहरु भाडामा ल्याई प्रयोग गर्ने आफ्ना आफन्त र कार्यकर्ता मात्र कर्मचारीमा नियुक्ति गर्ने र स्थानीय निकायमा आएको वजेटमा मनपरि गर्ने जस्ता घटनाले जनतालाई आक्रान्त बनाईरहेकाले यी सबै बिक्रित िरोक्नका लागी राजिनामा दिएर स्थानीय तह खालि गर्न जनपरिषदले माग गरेको पनि उक्त पत्रमार्फत जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
